अर्घाखाँचीको शितगंगामा बस दुर्घटना २९ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन ।जिल्लाको शितगंगा नगरपालिकामा भएको दुर्घटनामा परि २४ जना घाइते भएका छन्। शितगंगा ४ को कोप्चेवासमा नरपानीबाट गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख.२११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँई बस अनियन्त्रित भएको हो।
सडकदेखि अन्दाजी १० मिटर तल खस्दा बस र मोटर साइकलमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवल रिफर गरिएको प्रहरी निरीक्षक विष्णु पौडेलले बताउनुभयो ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। अधिकांश घाइते बाँके जिल्लाका रहेका छन्।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !