सरकार लाई आफ्नो कोल्टामा पार्न बहुमतको कसरतमा शिर्ष नेता

काठमाण्डौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद आज सकिँदै छ। जसमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन। अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ। जसपाको ठाकुर पक्ष काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा नदेखिँदा कांग्रेस अलमलमा छ। यता सहकार्यको लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन। हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।

एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। कसरी बन्छ नयाँ सरकारसंविधानको धारा ७६ को (२ )अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ। ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमाए। उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए, जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो। तीनबर्ष अघि प्रधानमन्त्रीको सपथ खाँदा १९३ सांसद अर्थात करिब ६४ प्रतिशतको समर्थनसहित सरकारको नेतृत्व गरेका ओली अहिले अल्पमतमा परेपनि विपक्षीहरुसँग पनि बहुमत छैन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close