दाङमा पार्किङ गरेर राखेको कारभित्र तीन जना बालकको शव फेला

दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन जना बालकको शव फेला परेको छ ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ को स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव फेला परेको हो।कार विगत चार मिहनादेखि त्यो स्थानमा पार्किङ गरेर राखिएको प्रहरीले जनाएको छ ।बसका स्टाफले कारभित्रबाट गन्ध आएकाे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत्यु हुने बच्चाको पहिचान खुलेको छ 

मृत्यु हुनेमा तुलसीपुर ६ बरुवागाउँ निवासी भिम बहादुर परियारका ९ बर्षीय छोरा किरण परियार, सोही ठाउँका सन्तोस परियारका ७ बर्षीय छोरा सुवास भन्ने सुवर्ण परियार र किरण परियारका ६ बर्षीय छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिए । उनका अनुसार बैशाख १६ गते इप्रकामा २ जना बच्चा हराएको भन्ने निवेदन परेको थियो । ‘ १६ गते हामी कहाँ २ जना बच्चा हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने,‘ अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाको बारेमा थप अनुसान्धान भइरहेको छ । ’ मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ । ३ जना बालक एउटै कार भित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close