धारिलो हतियार प्रयोग गरि हत्या गर्ने अभियुक्त पक्राउ

सागर महत /अर्घाखाँची।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले धारिलो हतियार (हँसिया) प्रयोग गरि हत्या गर्ने अभियुक्त लाई सार्वजनिक गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ५ का स्थानीय ३२ वर्षिय दिपक कुमाल लाई धारिलो हतियार (हँसिया)प्रयोग गरि हत्या गरेर फरार भएका ४९ वर्षिय छिमेकी हन्तिलाल कुमाल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो ।
१० वर्ष अघि खाना खाने समयमा हिडेको व्यक्ती लाई धारिलो हतियार प्रयोग गरि हत्या गरेर नजिकैको खेतमा फालेर फरार भै भारतमा लुकेर बसेको हत्यारा केहि दिन अघि घरमा आएको सुचनाको आधारमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी जानकारी दिनुभयो ।यस्तै जिल्ला अदालत अर्घाखाँचीले म्याद थपेर अनुसन्धान समेत बढाएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !