सन्धिखर्कमा कांग्रेस अर्घाखाँचीको आयोजनामा शोक सभा सम्पन्न

नेत्र मरासीनी,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ निबासी नेपाली कांग्रेसका कृयासिल सदस्य मोतिलाल खनालको निधनप्रति शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला सचिब कृष्ण खनालको संचालन तथा सन्धिखर्क वाड नम्बर १ का सभापति माधब श्रेष्ठ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपसभापति बाबुराम पौडेलले मोतीराम खनालको परिबार ले नेपाली कांग्रेस प्रती गरेको योगदानलाई सम्झदै उहाँको स्वर्ग वासको कामना गर्नुभएको थियोे । कार्यक्रममा प्रदेश सदस्य शान्ता भन्डारी,बिस्नु क्षेत्रि,लिला गौतम ,नानू बस्याल , भरत भट्टराई ,नेत्र मरासिनी,मुक्ती भुसाल लगायतको उपस्थित रहेकोे थियोे ।
कमेन्ट गर्नुहोस !