४५ को सिमी एक महिनामै १४०, कुखुराको मासुमा नयाँ रेकर्ड

काठमाडौं । खरिद गरको केही दिनसम्म ताजै रहने, छिटो नसड्ने र तरकारीमा स्वास्थ्यवद्र्धक गेडागुडी खोज्नेहरुले किन्छन् घिउसिमी ।गत चैत्र ७ मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा लोकल घिउसिमी थोकमा प्रतिकेजी औसत ४५ रुपैयाँ थियो ।
मंगलबार वैशाख ७ मा यसको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । तरकारी बजारमा सिमीम मात्रै भाउ अचाक्ली भएको होइन, सबैजसो तरकारीको मूल्य ४१ प्रतिशतसम्म्ले वृद्धि भएको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि आकासिएको छ ।त्यसमाथि विचौलियाहरुको चलखेलले आम उपभोक्तालाई थप मँहगीले मार परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथकंअनुसार बन्दा र मटरकोसाको मूल्य पनि होलसेलमै शतप्रतिशतले बढेको छ ।हरियो फर्सी, काउली, हरियो धनियाँ, प्याजलगायत तरकारीको मूल्य पनि छोइनसक्नुभएको छ ।होलसेलमै शतप्रतिशत वृद्धि हुँदा खुद्रामा पनि सोहीअनुसार मूल्य बढाएर बिक्रि गर्ने गरिएको छ ।
पछिल्लो समय कुखुराको मासुको मूल्यमा पनि वृद्धिको रेकर्ड बनिरहेको छ । उत्पादन नभएको भन्दै व्यवसायीहरुले आफूखुशी मूल्य बढाउँदा सरकारी निकाय भने मौन छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आइतबारसम्म प्रतिकिलो मासुको मूल्य ४ सय १५ रुपैयाँ तोकेको थियो र उक्त मूल्य पनि अहिलेसम्मकै उच्च हो ।संघले ४ सय १५ रुपैयाँ तोक्दा खुद्रा व्यवसायीले भने किलोकै ४ सय ५० रुपैयाँसम्म बिक्री गरिरहेका थिए ।संघले सोमबार प्रतिकिलो ४ सय ५ रुपैयाँ तोकेको छ । अब खुद्रा भने ४ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको जनाइएको छ । कान्तिपुर
कमेन्ट गर्नुहोस !