त्रिदेशीय कप फुटबल फाइनल खेल हुँदैछ,नेपाली टिम लाई जितको आशा

काठमाण्डौ ।त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । जसमा थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० मा सुरू हुनेछ। प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध गोल गरे यता नेपाली टिम जितबिहीन र गोलबिहीन छ। त्यसैले आज हुने फाइनल खेल नेपालका लागि गोल र जितको लागि एउटा अवसरको बाटो पनि हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close