आज राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

काठमाण्डौं ।राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा आज जाँदै हुनुहुन्छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लाग्नुभएको हो ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, दुई देशका वाणिज्य र पर्यटन सचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ ।

उहाँको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटनसचिव यादव कोइरालासहित २७ जना रहनेछन् । नेपाल एयरलाइन्सको विशेष विमानबाट बंगलादेश जान लागेकी राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close