सन्धिखर्कमा आयुषा सुपर मार्ट तथा एग्रो सुपर मार्टको उद्घाटन

अर्घाखाँची।अर्घाखाँचीको सदरमुकम सन्धिखर्कमा आयुसा सुपर मार्ट तथा एग्रो सुपर मार्टको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको साथी होटल भएको भवनमा नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति बाबुराम भुसाल र उहाँको जीवन संगिनी गिता भुसालले सुपर मार्ट सञ्चालन गर्नुभएको हो ।
सुपरमार्टमा किराना तथा गल्ला, तरकारी , फलफूल , तथा फेन्सी लगायतका सामाग्रीहरु राखिएको छ ।सुपरमार्टको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close