देशभर १ करोड ६२ लाख मतदाता

काठमाण्डौं ।निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो ।निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो ।तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटन बदर गरिदिएको झण्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो ।कुन जिल्लामा कति मतदता ?
कमेन्ट गर्नुहोस !