अर्घाखाँचीमा ६५ वर्षमाथिका नागरिकलाई दिइने खोपको तयारी पुरा

अर्घाखाँची ।अर्घाखाँचीमा भोली (आइतबार) देखि ६५ वर्ष भन्दा माथिका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप दिने तयारी पुरा भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसको लागि अस्पताल,प्राथामिक स्वास्थ्य केन्द्र,स्वास्थ्य केन्द्रमा खोप लगाउनको लागि सबै ठाउँमा खोप पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि.क.ले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा तिन नगरपालिका र तिन गाउँपालिका रहेका छन ।

जसमा ६१ वटा वडा कार्यालय छन ।आफु लाइ नजिक पर्ने खोप खेन्द्रमा गइ खोप लगाउन सकिने छ ।जसको लागि आफनो परिचय खुल्ने प्रमाण सहित सम्बन्धीत व्यक्ती खोप केन्द्रमा पुग्नु पर्ने सुचना अधिकारी वि .क.ले जानकारी दिनुभयो ।यस अघि जिल्लामा पहिले चरणमा १३ सय७८ जना र दोस्रो पटक १हजार ८ सय ६० जनाले कोरोना खोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close