अर्घाखाँचीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा १९ जना,भुमिकास्थान नगरपालिका ५ जना,शितगंगा नगरपालिका १ जना ,मालारानी गाउँपालिका ८ जना,पाणिनी गाउँपालिका १० जना र छत्रदेव गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । आज थपिएको पीसीआर परीक्षणमा ३४ र १३ एन्टिजेन परीक्षण गरि ४७ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट कसैको मृत्यु भएको छैन ।
कमेन्ट गर्नुहोस !