सन्धिखर्कमा अपराधिक उपद्र्व सम्बन्धि कसुरमा ३ जना पक्राउ

सागर महत कार्तिक १९,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराधिक उपद्र्व सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ गरेको छ ।


सन्धिखर्क नगरपालिका २बाट भुमिकास्थान नगरपालिका वडा नम्बर १ घर भई हाल सन्धिखर्कमा २ घोचेखोला बस्ने गुरुदेव खनाल,सन्धिखर्क २ बस्ने पुष्कर पौडे्ल यस्तै सन्धिखर्क २ कुर बस्ने चुरामणि ढुंगानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
उनीहरुलाई जिल्ला अदालत अर्घाखाँचीबाट जारी भएको अपराधिक उपद्र्व सम्बन्धि कसुरमा पक्राउ गरिएको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close