भारतको कश्मीरमा बाढीमा परि ४६ जनाको मृत्यु, घाइतेको उद्धार कार्य जारी

काठमाडौं,साउन ३० ।भारतको कश्मीरको किष्टवार जिल्लामा मुसलधारे वर्षापछि बादल फाटेर आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्।

स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रबाट ३५ घाइतेको उद्धार गरिसकेका छन्। तर निरन्तरको वर्षाले सडकहरू भत्किँदा राहत र उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। घटना स्थल राजधानी श्रीनगरबाट करिब २०० किलोमिटर टाढा रहेको छ।

मुख्यमन्त्री ओमर अब्दुल्लाह र प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएका छन्।

विज्ञहरूका अनुसार, जलवायु परिवर्तन र अनियोजित विकासका कारण यस्ता विपद् बारम्बार र गम्भीर बन्दै गएका छन्। संयुक्त राष्ट्रसंघको डब्लुएमओले पनि बढ्दो बाढी र खडेरी जलवायु संकटका संकेत भएको बताएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close