इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा गोलाबारी २ सय ५० भन्दा धेरैको मृत्यु

काठमाण्डौ । इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । लडाकुहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ शुरू गरेका हुन ।यस्तै आक्रमणमा परी ७ सय जनाभन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् । विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकुसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन्। ‘इजरायलमा आतंकवादी हमलाको खबरले म स्तब्ध भएको छु,’ मोदीले एक्समा लेखेका छन्, ‘यस कठिन घडीमा हामी इजरायलको साथमा छौं।’

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेका छन्। उनले एक्स ९ट्वीटर० मा लेखेका छन्, ‘नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन्। यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ। बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ।’

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ लाई तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिका लागि आग्रह गरेको छ। आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन्। उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यका लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close