भारतमा बाढीपहिरोमा परि १८ जना नेपाली सम्पर्कविहीन

काठमाण्डौं ,साउन २३ ।भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार आरिघोप्टे वर्षा का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर २ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ । ‘
यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन भएको जनाएको छ ।
तुर्कमेनिस्तान भ्रमणबाट आज स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुस्खद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो ।’
कमेन्ट गर्नुहोस !