राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची ईन्चार्जमा बस्नेत चयन

सन्धिखर्क,चैत्र १० ।राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची जिल्ला ईन्चार्जमा बिनोद बस्नेत चयन हुनुभएको छ । हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको पुर्ण बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।सोहि अनुसार बस्नेत राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची जिल्ला ईन्चार्ज चयन हुनुभएको हो । उहाँ हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपाल को १०औ महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्य समेत हुनुहुन्छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको कान्छो जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ ।
पार्टीबाट थप जिम्मेवारी प्राप्त भएकाले जिल्ला का युवा हरुलाई सङ्गठित गर्ने उदेश्यका साथ अगाडी बढ्ने उहाँको भनाई छ ।
कमेन्ट गर्नुहोस !