अर्घाखाँची अस्पतालमा शव सडेको विषयमा प्रतिवेदन सार्वजनिक,समस्या प्राविधिक कारण

सन्धिखर्क,साउन ८ ।अर्घाखाँची अस्पतालको डी–फ्रिजमा राखिएको शव सडेको विषयमा छानविन समितिले प्राविधिक समस्या रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।प्रतिवेदनमा Panel सप्लाई एमपी प्लस ६ र अधिकतम प्लस १० हुनुपर्नेमा माईनस ४ रहेको छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँची अस्पतालका एमडीजीपी डक्टर पवन कुमार शाहको नेतृत्वमा ५सदस्य छानविन समिति गठन गरिएको थियो ।समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्राविधिक समस्या रहेको देखाएको छ ।

सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्राकार साउन २ मा घरमै अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।भारतमा बस्दै आएका उनका बुवाआमा आउँदासम्म शवलाई नजलाउने भनेपछि अस्पतालको डी–फ्रिजमा राखिएको थियो । साउन ४ गते उनका बुवाआमा आइपुगेपछि शव हेर्दा कुहिएर अनुहार नै चिन्न नसकिने अवस्थामा पुगेको आफन्तले विरोध जनाएका थिए । छानविन गर्ने भनेपछि आफन्तले शव बुझेका थिए ।
।अब फ्रिजमा सेन्सर जोडान गर्न विषय विज्ञ बजरुद्वीन मियाले सुझाव दिनुभयो ।

अस्पतालका प्रमुख डक्टर जगन्नाथ तिवारीका अनुसार २०७४सालमा संचालनमा आएको डी–फ्रिज अहिले सम्म यस्तो समस्या नआएको बताउनुभयो ।हामीले यस डी–फ्रिजमा अहिले सम्म धेरै शव राखेका थियै कुनै समस्या आएको थिएन ।यस्तै एउटा शव १ महिना भन्दा बढी राख्दा पनि कुनै समस्या नआएको उहाँको भनाई ।अस्पतालले प्राविधिक समस्या समधान गर्न आवश्यक उपकरण जोडान गर्न कुनै प्रकारको कमी कमजोरी हुन नदिने उहाँले बताउनुभयो । रेबिज विरुद्ध खोप अब अर्घाखाँची अस्पतालमा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।
यस्तै अस्पताल विकास समितिका अध्यक्ष बलाराम मिश्रले आगामी दिनमा यि यस्ता समस्या आउन नदिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close