प्युठानमा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु

प्युठान।प्युठानमा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ६ बहाने नजिक खहरेखोलामा आज सांझ भएको जीप दुर्घटनामा एकैघरका दिदिबहिनी सहित ३ जनाको मृत्यु भएको छ।
प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ४ बर्षिया करुणा बुढा मगर र सोही ठाउँ निबासी जिप चालक समेत रहेका २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो।
दुर्घटनामा १५ जना घाईते भएका छन।
अन्य घाईतेको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
अनियन्त्रीत भई जीप सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो।श्रोत कामना डेली
कमेन्ट गर्नुहोस !