अर्घाखाँचीमा टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान सुरु

अर्घाखाँची, २७ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ । आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क बस पार्क नजिकै हस्ताक्षर अभियान थालिएको छ ।

रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० सालदेखि थुनामा छन् । रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भनी राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको बेलामा सोही अभियानको सिको रायमाझीको मुद्दामा पनि देखिएको छ ।यता नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसालका अनुसार यो अभियान पाटीले नचलाएको र कसले चलाएको हो भनेर जानकारी समेत नभएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close