युवाबर्ष जनता रविचित्र मावि सन्धिखर्कमा पढ्ने विद्यार्थी अधिकारीले एसईईमा ४ जिपिए ल्याए

सन्धिखर्क ।शैक्षिक शत्र २०८१ मा भएको एसईईको परिक्षाको नतिजामा अर्घाखाँचीमा सामुदायिक स्कुलतर्फ युवाबर्ष जनता रविचित्र मावि जिल्ला प्रथम भएको छ ।सोहि विद्यालयबाट प्रोफिट अधिकारीले ४ जिपिए ल्याउन सफल भएका छन।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालयमा ८० जना परिक्षार्थी सहभागी गराएकोमा ७९ जनालाई उत्तीर्ण भएका हुन।यस्तै निजि तर्फ एसईईको परिक्षाको नतिजामा सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ जिल्लामै सर्वोत्कृष्ट भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ मा ४२ जना विद्यार्थी सहभागी रहेकोमा शत प्रतिशत पास हुन सफल भएको सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिनुभयो ।बिक्रम सारु मगरले ४ जिपिए ल्याउन सफल भएका छन।
यस्तै अर्घाखाँचीबाट २ हजार ६ सय ४ जना सहभागी भएका कुल परिक्षार्थी मध्ये १ हजार ६ सय १६ जना विद्यार्थी उत्तीर्ण भएका छन ।जिल्लाको पालिका अनुसारको विवरण नतिजा
कमेन्ट गर्नुहोस !