अर्घाखाँचीमा प्लास्टर गर्ने क्रममा लडेर एक जनाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा प्लास्टर गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ ओडारामा घरको धुरी प्लास्टर गर्ने क्रममा लडेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षिय बाबुराम बिकको उपचारको क्रममा मृत्यु भएको छ ।
स्थानीय राम बहादुर नेपालीको घरमा काम गर्ने क्रममा घरमा प्लास्टर गर्दा धुरिबाट खसी गम्भीर घाईते भएका विकको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !