आगलागी पीडित परिवारलाई स्वरोजगार लघुवित्तद्वारा आर्थिक सहयोग प्रदान

अर्घाखाँची ,असार ०८ ।स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सन्धिखर्कले आगलागी पिडित लाई आर्थिक सहयोग प्रदान गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १२ कुन्जरेकी संस्था आवद्ध सदस्य सरिता कुवरलाई ८ हजार आर्थिक सहयोग गरेको शाखा प्रबन्धक चन्द्रदेव खनालले जानकारी दिनुभयो ।
आगलागी पिडित लाई सहयोग स्वरुप राहत रकम हस्तान्तरण गरिएको हो ।गत बैशाख ११ गते आगलागी बाट कुवरको घरगोठमा आगलागी भइ नगद, जिन्सी तथा पशु चौपाया पुर्ण रुपमा जलेर नष्ट भइ लाखौको क्षती भएको थियो ।उहाँ संस्था को केन्द्र नम्बर ४४.४३०८७ मा रहनुभएको छ ।अप्ठ्यारोमा परेका सदस्यको दुखमा यसरी साथ दिएकोमा पिडित परिवारले संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको हो।
सुख र समृद्दिको आधार सबैका लागि स्वरोजगारू भन्ने मुल मन्त्रलाई आत्मसात गरि अघि बढिरहेको यस वित्तिय संस्थाले राष्ट्रकै गरिबी निवारण अभियानमा लघुवित्त कार्यक्रमलाई केन्द्रीत गरि लक्षित वर्ग, क्षेत्र र समुदायलाइ उत्प्रेरकको भुमिका निभाउदै लघु उद्यम वा व्यावसाय गर्न प्रेरित गर्दै सामाजिक आर्थिक रुपान्तरणको आधार तय गरेको छ।
स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड परम्परागत बैंकिङ्ग संस्था मात्र नभइ गरिब विपन्न तथा पिछडिएका महिला दिदिबहिनीहरुलाइ आर्थिक सहायता प्रदान गर्ने एक सबल वित्तिय संस्था रहेको प्रबन्धक खनाललको भनाई छ । कार्यक्रममा संस्थाका कर्मचारी शंकर मरासिनी स्थानीय लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !