अर्घाखाँचीका समाजबादी चिन्तक तथा पुर्व मन्त्री ढुण्डीराज शास्त्रीको निधन

सन्धिखर्क ,असार ०२अर्घाखाँची। जिल्लामा जन्मेर नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वमा पुगेर मन्त्री समेत हुनु भएका समाजबादी चिन्तक ढुण्डीराज शास्त्री को निधन भएको छ । हाल काठमाण्डौंमा रहनुभएका शास्त्री को ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँची जिल्लाको साबिक किमडाँडा पंचायतको ८ हाल भुमिकास्थान नगरपालिका वडा नम्बर ८ निमडाँडामा बुबा खेमराज पौडेल र माता शाबित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा ढुण्डिराज पौडेलको जन्म भएको थियो।
अत्यन्तै चलाख सुन्दर बालकले वांङला पटुवाथुम पढाउने पंडित गुरु रुद्रनाथ आचार्य (डिभर्ना ) संग प्रारम्भिक शिक्षा हासिल गर्नु भयो।ब्राह्मणको छोरा पढेर पंडित हुनुपर्छ।धेरै पढन पर्दछ,सज्जन ज्ञानी हुनुपर्छ भन्ने सुनेका ढुण्डिराज पौडेल त्यसपछि गुल्मी पिपलधारा कटौंजेमा अर्घा अँधेरीका प्रकाण्ड विद्वान पंडित गुरु घनश्याम आचार्यले पढाउने गर्नुहुन्थ्यो।त्यहाँ पढाइ हुन्छ भन्ने खबर पाएपछि कटौंजे गएर पढनु भयो।

त्यहाँ पनि केही ज्ञान हासिल गरेपछि उहाँ अर्घाखाँचीको पोखराथोकको हरिहर संस्कृत पाठशालामा गएर ब्याकरण पढनु भयो। त्यसपछि उहाँ भारत उत्तर प्रदेशको बनारस ( बाराणसी ) गएर पुर्ब मध्यमा ,मध्यमा र शास्त्री पढेर पास हुनुभयो। त्यसपछि बल्ल उहाँको नाममा शास्त्री उपनाम थपियो।त्यो बेला त्यत्ति पढेपछि अब पढाइ पुग्यो भन्ने चलन पनि थियो।तर उहाँ त्यो पढाई बाट सन्तोष हुनु भएन।अब अंग्रेजी नपढे सम्म अगाडि बढन सकिन्न भन्ने लागेर उहाँले अंग्रेजी बिज्ञान पढन सुरु गर्नुभयो।उहाँ संग संगै ज्ञानहरि आचार्य (वाङला )समेतले अंग्रेजी र बिज्ञान पढन सुरु गर्नुभयो र शास्त्री ज्यु ले त्यो बेला नै बि. ए .उत्तीर्ण गर्नु भएको थियो।
बनारसमा संस्कृत पढेर मात्र हुन्न । अंग्रेजी,बिज्ञान पनि पढनु पर्दछ भन्ने अभियान ल्याएर पढन लगाउनेमा ज्ञानहरि आचार्य र शास्त्री हुनुहुन्छ।
त्यो बेला संस्कृत पढेर बिज्ञान तर्फ लागेका कैयौं काठमाडौ आएर डाक्टर इन्जिनियर सम्म बनेको उहाँ बोगाइ जानकारी बाट प्राप्त भयो । उहाँ बनारसमा २०१० मा पढदा देखि नै नेपाली कांग्रेसको राजनीतिको सम्पर्कमा आई सक्नु भएको थियो।त्यसपछि उहाँ पढाइ सकेर घर आएपछि भुमिगत रूपमा नेपाली कांग्रेसको संगठन बिस्तारमा लाग्नु भएको थियो।
२०१४ सालमा नेपाली कांग्रेस द्वारा सुरु गरिएको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिनु भएको थियो।२०१५ सालको आम निर्वाचनमा सकृय रूपमा लाग्नु भएको युबा हुनुहुन्थ्यो। २०१७ साल पौष १ गते राजा महेन्द्र द्वारा संसद भंग गरि नेताहरुलाई जेल हालेको समयमा गुल्मी अर्घाखाँचीका लडाकु युबा हरुलाई क्रान्तिमा संलग्न गराउने कार्यमा उहाँले अग्रणी भुमिका निर्बाह गर्नु भएको थियो।

२०१७ साल पछि उहाँ भारतमा निर्बासित जीवन बिताउनु भएको थियो।त्यो समय भारतको गोरखपुरमा गोरखपुर महाबिधालयमा प्राध्यापकको रूपमा समेत धेरै बर्ष काम गर्नु भएको थियो।उहाँले नेपालमा प्रजातन्त्र ल्याउनको निम्ति विभिन्न पर्चा पम्लेट पत्रीका छापेर नेपाल पठाउने गर्नु हुन्थ्यो।गोरखपुरमा उहाँ अत्यन्तै प्रचलित ब्यक्तित्वको रूपमा परिचीत हुनुहुन्थ्यो।त्यत्ति बेला भारत सरकारले समेत एहे मास्टर तो नेपालके नेता है नेपालमे प्रजातन्त्रके लिए भारतमे निर्बासित जीवन बितारहे है भनेर नोकरीमा नियुक्ति गरेको थियो।
नेपाल बाट जाने हरेक नेपाली लाई भेटघाट गर्ने ,राजनीति कुरा गर्ने र नेपालमा पंचायती ब्यबस्था समाप्त नगरे सम्म नेपाली लाई सुख शान्ति हुन्न भनेर प्रशिक्षित गर्ने गर्नुहुन्थ्यो।
बि. पि. कोइरालाका कट्टर अनुयायी ढुण्डिराज शास्त्री समाजबादका ब्याख्याता समेत हुनुहुन्थ्यो ।।उहाँले भुमिगत रूपमा अर्घाखाँची गुल्मी लगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन बिस्तारमा उल्लेख्य भुमिका निर्बाह गर्नु भएको र उहाँ बाट नै पार्टीको सदस्यता लिएका सयौं हजारौं नेता कार्यकर्ता अझै पनि पार्टी प्रती प्रतिबद्ध छन।उहाँले २०३६ र २०४६ सालको जन आन्दोलनमा पनि नेतृत्वदायी भुमिका खेल्नु भएको कांग्रेसजन बताउँछन।
२०४६ सालको जन आन्दोलन बाट प्राप्त बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछी २०४८ सालमा भएको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर२ बाट सांसदमा भारी मतले बिजयी भएपछि उहाँ उद्योग मन्त्री बन्नु भएको थियो।
राजनीति गर्ने क्रममा नरपानी र सुपा क्षेत्रमा भएको चुनढुंगा बाट सिमेन्ट कारखाना खोल्ने उहाँको उदेश्य योजना र लक्ष्य बमोजिम सिमेन्ट कारखाना खोल्ने भनिए पनि पछि प्राईभेट रूपमा सिमेन्ट कारखाना खोलिएको आम सर्बसाधारण बताउँछन।
उहाँले कहिल्यै पनि आफ्नो पहलमा गरेको बिकाशको प्रचार प्रसार गर्नु भएन।२०५१ सालको मध्याबधी निर्वाचनमा बिजयी हुनु भएका उहाँ त्यसपछि पार्टीले बारम्बार समानुपातिक सांसद बनाउन खोज्दा पनि अस्वीकार गर्नु भएको थियो।
उहाँ लामो समय सम्म केन्द्रिय समिती तथा केन्द्रिय पार्टी अनुगमन समितिको संयोजकको जिम्मेवारीमा रहनु भएको थियो।उहाँ कांग्रेसको सम्मानित नेताको रूपमा स्थापीत रहनुभएको हो ।
उहाँले नेपालका धेरै जिल्लामा पुगेर प्रजातान्त्रिक समाजबादको बारेमा प्रशिक्षण समेत गराउनुको साथै त्यस सम्बन्धि विभिन्न लेख, रचना प्रकाशित गर्ने र युबा जनसमुदाय लाई लोकतन्त्र प्रती जागरुक गराउने कार्यमा निरन्तर लागि रहनु भएको थियो।
उहाँका तीन श्रीमती रमा पौडेल लता पौडेल र माया पौडेल हुनुहुन्छ।कान्छी पत्नी माया पौडेलले ढुण्डिराज शास्त्री र २ (सौता दिदी) लाई संगै राखेर २ बर्ष पहिले पबित्र तिर्थस्थल देवघाटमा चौरासी पुजा ( शहश्र चन्द्र दर्शन ) गराएर पारिबारिक सद्भाव र सहिष्णुताको परिचय दिनुभयो।
उहाँका जेठी श्रीमती रमा पौडेल तिर एउटि छोरी गिता ज्ञवाली ज्वाइँ जनक ज्ञवाली हुनुहुन्छ।माईली श्रीमती लता पौडेल तिर जन्मेकी छोरी लक्ष्मी गौतमको निधन भै सकेको र ज्वाइँ प्राध्यापक माधब गौतम हुनुहुन्छ।एक छोरा इन्जिनियर ऋषव पौडेल र बुहारी श्रीमती कल्पना पौडेलका साथ जापानमा हुनुहुन्छ।
कान्छी श्रीमती माया पौडेल तर्फ छोरा नबिन पौडेल ( पोषण अधिकृत युनिसेफ नेपाल) बुहारी मन्जु पौडेल (ज्ञवाली) (प्रबन्धक नेपाल नागरिक उड्डयन प्राधिकरण )छोरी निशा शर्मा र ज्वाइँ रमणराज शर्मा हुनुहुन्छ।सबै पारिबारिक सम्पन्नका साथ साथै शैक्षिक रूपमा अग्र स्थानमा रहनुभएको थियो।
प्रजातान्त्रिक समाजबादका ब्याख्याता नेपाली कांग्रेस अर्घाखाँचीका संस्थापक सभापति तथा नेता सरल ब्यक्तित्व ढुण्डीराज शास्त्री हालपनी स्वस्थ शरिरका साथ विश्व राजनीति लगायतका विभिन्न पुस्तक अध्ययन गर्नुका साथै दार्शनिक लेख रचना र आफ्नो जिबनी लेख्ने क्रममा ब्यस्त देखिनु ् थियो। उहाँ नेपाली कांग्रेसको सम्मानित नेतामा स्थापित रहनुभएको थियो ।सहयोगी बिसीको सहयोगमा

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close