घरेलुको आयोजनामा पाणिनिमा विगतमा सीप विकास तालिम प्राप्त गरेका संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत,जेठ२० अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा विगतमा सीप विकास तालिम प्राप्त गरेका व्यक्तिहरूसँग पाणिनि गाउँपालिका मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले राज्य लगानी गरेर आयआर्जनमा टेवा पुगोस भनेर संचालन गरेका सिप मुलक तालिमले परिणाम दिन जरुरी रहेको बताउनुभयो ।उहाँले स्थानीय उत्पादनलाई टेवा पुग्ने गरि आयआर्जनमा लाग्न सकिने बताउनुभएको हो ।


घरेलु तथा साना उद्योग कार्यालयले पाणिनिमा मात्र हाल सम्म करिव २सय ८०जनालाई ,जुस बनाउने तालिम,सिलाई कटाइ सम्बन्धी तालिम,कपाल काट्ने तालिम लगायतका कार्यक्रम संचालन गरेको कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो । विगतमा तालिममा सहभागीहरुको डाटा पनि आज संकलन गरिएको छ ।संकलीत डाटाबाट आगामी योजनालाई टेवा पुग्ने अपेक्षा रहेको बताउनुभयो ।
पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मता पौंड्ेलले विशेष गरि महिला लक्षीत संचालन गरेका तालिमले केहिलाई रोजगारीमा जोड प्रेरेणा प्रदान गरेको तर पछिल्लो समय तालिम लिने तर त्यसको सदुपयोग नगर्दा समस्या भएको बताउनुभयो ।उहाँले अब आउने बजेटमा कस्ता खाले कार्यक्रम पालिकाले ल्याउँदा राम्रो हुने विषयमा छलफल गर्ने भनाइ छ ।


थेरै लगानीमा भएपनि आयआर्जनमा जोडिन पाणिनि गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले आग्रह गर्नुभयो ।कार्यक्रममा पहिलो उद्यमीमा जोडिनमा आफुमा जोश जागर हुन आवश्यक रहेको पाणिनि ३का वडा अध्यक्ष युवराज ज्ञवाली र अर्घाखाँचीका कोष नियन्त्रक प्रमुख विष्णु प्रसाद भुसालको जोड छ । तालिमबाट लाभान्वित भएका व्यक्तिहरूले आफ्ना अनुभव, सिकाइ, तथा आगामी योजनाहरू साझा गरेका थिए।कार्यक्रमको उद्देश्य तालिमको प्रभाव मूल्याङ्कन गर्नुका साथै भविष्यका कार्यक्रमहरू अझ प्रभावकारी बनाउने उपायहरू तय गर्नु रहेको छ । पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव घनश्याम पौड्ेल लगायतले मन्तव्य राखेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुम बहादुर विकको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close