अर्घाखाँचीमा दैनिक १० हजार लिटर दुध बजारमा बिक्री हुन्छःपौडे्ल

सागर महत जेठ१८,अर्घाखाँची ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा विश्व दूध दिवसको अवसरमा कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु प्रसाद पौड्ेलले दुधमा जिल्ला आत्म निर्भर रहेको बताउनुभएको छ।

अहिले जिल्लामा दैनिक १० हजार लिटर भन्दा बढी दुध बजारमा बिक्री हुँदै आएको र हाललाई बजारीकरणको समस्या नरहेको उहाँको भनाइ छ ।यहाँको दुध गुल्मी,पाल्पा र कपिलबस्तुमा समेत निर्यात हुने भनाइ छ ।

यस्तै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले गाईको व्यवस्थापनको लागि गौशाला निर्माण गर्नु पर्ने समय आएको बताउनुभयो ।भैंसी दुध दिन छोडेपछि सहज रुपमा बिक्री हुने गरेको तर गाई दुध दिन छोडेपछि बिक्री नहुँने भएकाले यसको व्यवस्थापनमा तीन तहका सरकार लाग्न आवश्यक रहेको कोइराले बताउनुभएको छ।

कार्यक्रममा दुग्ध उत्पादनमा देखिएको चुनौती, प्रविधिको प्रयोग, बजार पहुँच तथा सरकारी नीतिको बारेमा जानकारी दिनुका साथै उनीहरूको सुझाव र अनुभवहरू संकलन गरिएको थियो ।कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुन्द्रमणि भुसाल,अर्घाखाँची दुग्ध व्यवसाय संघका गणेश बन्जाडे,शितगंगा दुग्ध उत्पादन सहकारीका कमल पौडे्ल पाणिनि दुग्ध सहकारीका बाबुरा घिमिरे (भुवन) कृषक जिवनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै आगामी बजेट किसान मैत्री हुनु पर्ने विषयमा जोड दिएको कार्यक्रम सुन्दरलाल विकको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close