सन्धिखर्कको बिहारमा अनुगमनको क्रममा ५८ हजार मूल्य बराबरको अवैध रासायनिक मल जफत

रुद्रमणी भुसाल जेठ १४ अर्घाखाँची ।
आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बिहारमा अनुगमनको क्रममा ५८ हजार मूल्य बराबरको अवैध मल भण्डारण गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारी जफत गरिएको अनुगमन टोलीका संयोजक अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविन्द्र भट्टराईले जानकारी दिनुभयो छ। अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको र केही मलहरूको कालोबजारी भएको सूचनाका आधारमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ।

अनुगमनलाइ अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तीव्रता दिने उहाँले बताउनुभयो । सरस्वता गल्ला किराना पसलबाट अवैध भारतीय रासायनिक कालो मल द्दण् बोरा र ५ बोरा पोटास गरि ४८ हजारको र कुँवर स्टोरबाटनेपाल सरकारको अनुदानको एक बोराकालो मल र एक बोरा युरिया गरी ३५००को र बिहारकै अर्को एक किराना पसलबाट ५००० बराबरको पोटास चार बोरा गरि ५८ हजार मुल्यको मल जफत गरी सन्धिखर्क नगरपालिकामा राखिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा भएको अनुगमनमा मल बिउ बिजन विषादी नियमन लगायत गर्न एग्रोभेट र अन्य पसलहरूमा पनि अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत बुद्धिराम घिमिरेले जानकारी दिनुभयो। अनुगमनको क्रममा एग्रोभेट किराना पसल फलफुल, दुग्द डेरी र मासु पसलको अनुगमन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालयका कर्मचारी खुबीराम पोख्रेल , भेटेनरी पशु सेवा विज्ञका डाक्टर, हकिकत अलि ,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसाल ,उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष साजन ओली ,चेम्बर अफ कमर्सका उपाध्यक्ष रामकुमार श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका पशु प्राविधिक प्रदिप आचार्य, एग्रोभेटको तर्फबाट युवराज पौडेल घरेलु कार्यालयको तर्फबाट हुमबहादुर बिक लगायतको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close