योगदान राष्ट्रको लागि अर्घाखाँचीद्वारा जिल्ला अस्पताललाई सम्मान

अर्घाखाँची ।
योगदान राष्ट्रको लागि संस्था अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कमा विभिन्न कार्यक्रम गरेको छ ।जस अन्तर्गत सेवा सुविधा मा लुम्बिनी प्रदेशमा उत्कृष्ट अस्पताल र देशकै तेस्रो स्थान आउन सफल अस्पताल लाई महत्व पुर्ण योग्दान पुराउँन सफल भएको भन्दै योगदान राष्ट्र का जिल्ला अध्यक्ष भुवनेश्वोर अधिकारी लगायतको टिम बाट अस्पतालका प्रमुख डा. कपिल गौतमलाई सम्मान गरिएको बताईएको छ ।
सम्मान पत्र ग्रहण गदै डा.गौतमले संस्था लाई धन्यवाद दिदै सबैको साथ सहयोगबाट यो स्थान सम्म आएको अस्पताल लाई थप विस्तार गदै जाने जसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो ।सम्मान कार्यक्रममा बिरामी सँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !