स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न,अर्घा रजस्थल प्रथम बन्यो

सागर महत,जेठ१४सन्धिखर्क ।आज मे २८ महिनावारी स्वच्छता दिवसको अवसरमा स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको समन्वयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
सन्धिखर्क २ को भगवती माध्यमिक विद्यालय शंखेटारीमा भएको प्रतियोगितामा सन्धिखर्क नगरपालिका भित्र रहेका ७ वटा माध्यमिक विद्यालयका छात्राको सहभागीता रहेको थियो ।प्रतियोगितामा अर्घा रजस्थल माध्यमिक विद्यालयकी रुप्सना आचार्य प्रथम,जनज्योति माध्यमिक विद्यालयकी विदुषि खड्का दृतिय र जिवनोद्वार माध्यमिक विद्यालयकी सविना भुसाल तृतिय भएकी छिन । कार्यक्रममामा सहभागी विद्यार्थीहरुले महिनावारी सम्बन्धी भ्रम लाज,सामाजिक बन्धन आवश्यक स्वास्थ्य शिक्षा आवश्यक सहयोग लगायतका विषयमा आफ्नो भनाइ राखेका थिए ।
प्रतियोगितामा विजेतालाई नगद र प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । प्रतियोगिता किशोरी तथा युवा लक्षित रहेको उहाँको भनाइ छ ।
जसमा महिनावारी सम्बन्धी स्वास्थ्य, स्वच्छता, सामाजिक चेतना र पूर्वाग्रह तोड्नुपर्ने विषयमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोतिजंग रायमाझीले जोड दिनुभएको थियो ।
कार्यक्रममा निर्णायकको संयोजकमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख दुर्गा न्यौपाने, अन्य निर्णायकमा पाणिनि बहुमुखी क्याम्पस का प्राध्यपक सुरज सारु,स्वास्थ्यक्रमी जितकुमारी थापा निर्णायकको भुमिकामा रहेको कार्यक्रममा भगवती माध्यमिक विद्यालय शंखेटारीका प्रध्यानध्यापक ध्रुवबहादुर खत्री,स्वास्थ्यक्रमी मनोज नेपाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम महिला स्वांयसेवीका शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडे्लको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !