दिगो बिकास केन्द अर्घाखाँचीको आयोजनामा निःशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा आजदेखि निःशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । शिविरको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका बिरामीलाई यो शिविर महत्व पुर्ण हुने बताउनुभएको छ ।जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकलाई सहज सेवा प्रदान गर्ने जुनसुकै संस्था संग नगरपालिकाले सहकार्य गरेर काम गर्न तयार रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा. जय बहादुर टण्डनका अनुसार आज र भोलीको शिविरमा करिव १ सय जनाको मोतिया विन्दुका बिरामीको शल्यक्रिया गरिने बताउनुभयो । यस्तै शिविरमा ३सय भन्दा बढिको आँखा जाँच गरिने छ ।

कार्यक्रममा रोटरी क्लब महाराजगन्ज काठमाडौको आर्थिक सहयोग , दिगो विकास केन्द्र अर्घाखाँचीको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिकमा सुरु भएको अध्यक्ष टण्डनले बताउनुभयो ।


जिल्लाको शितगंगा नगरपालिकामा रहेको ठाडा प्राथामिक आँखा उपचार केन्द्र र छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथामिक आँखा उपचार केन्द्रमा अहिलेबाट बिमा कार्यक्रम लागु गरिएको राष्ट्रिय बिमा समितिका बोर्ड अफ डाइरेक्टर तथा अर्घाखाँची दिगो विकास केन्द्रका उपाध्यक्ष डा. मुक्तीराम श्रेष्ठले बताउनुभयो ।

यस्तै शिविरले बुटवल काठमाण्डौं सम्म शल्यक्रिया गर्न जाने बिरामीको पैसा समेत बचत हुने उहाँको भनाइ छ ।अर्घाखाँचीको स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नको लागि आफु बाट हुने सहयोग कुनै कमी हुन नदिने बताउनुभयो ।दिगो विकाशले जिल्लाका ग्रामिण क्षेत्रका नागरिकलाइै लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको श्रेष्ठको भनाइ छ ।

यस्तै दिगो विकास केन्द्र अर्घाखाँचीले लगातार ३ वर्ष सम्म निशुल्क शिविर गरेकोमा सन्धिखर्क नगरपालिकाले दिगो विकास केन्द्रका अर्घाखाँचीका अध्यक्ष डा. जय बहादुर टण्डन ,उपाध्यक्ष डा. मुक्तीराम श्रेष्ठ,जिल्ला आँखा अस्पतालका प्रमुख सागर घिमिरे लगायतलाई सम्मान समेत गरेको छ ।शिविरबाट धेरै भन्दा धेरैलाई सेवा लिन प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधब श्रेष्ठ , नेत्रज्योति संघ लुम्बिनी प्रदेश सदस्य नेत्र प्रसाद भुसाल ,नेत्र विशेषज्ञ सुचन कुमार पुन पत्रकार महासंघका अध्यक्ष अशोक खनाल नेपाल नेत्रज्योति संघ जिल्ला शाखाका अध्यक्ष दल बहादुर केसीको अध्यक्षता लिलाराम गौतमको स्वागत मन्तव्य जिल्ला आँखा अस्पतालका प्रमुख सागर घिमिरेको संचालनमा उद्घाटन कार्यक्रम भएको हो ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close