अर्घाखाँचीमा बिमा दावीमा नक्कली सवारी चालक खडा गर्ने सवारी धनी पक्राउ

सागर महत,जेठ १४अर्घाखाँची।अर्घाखाँचीमा बिमा दावीमा नक्कली सवारी चालक खडा गर्ने सवारी धनी पक्राउ परेका छन।पक्राउ पर्नेमा जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १बड्डाँडाका टुक बहादुर शारु रहेका छन ।
शारुको नाममा रहेको र आफै चलाएको मधेश प्रदेश ०३—००२स००२ नम्बरको टेम्पो दुर्घटना भएर क्षति भएको र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बिमा दावी गर्न दुर्घटना प्रमाणित कागजजातको दिएकोमा घटनाको अनुसन्धान गर्दा टोम्पो चलाउने अनुमती पत्र नभएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
उनले पाणिनि २ पोखराथोक बस्ने चाम बहादुर रास्कोटी चालक भएको भनी कागजात पेश गरेका थिए ।पक्राउ परेका शारुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट म्याद थपी थप अनुसन्धान भैरहेको मल्लको भनाइ छ ।उनले विमा दावीको लागि जेठ ५ गते प्रमाणित कागजात गर्न प्रहरीमा निवेदन दिएका थिए ।त्यसपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
कमेन्ट गर्नुहोस !