सन्धिखर्कमा जडिबुटी खेती विस्तारको लागि किसानलाई अभिमुखिकरण कार्यक्रम संचालन

सागर महत जेठ ११,अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा जडिबुटी खेतीको प्रवद्र्धन तथा स्थानीय किसानहरूलाई व्यावसायिक उत्पादनतर्फ अभिमुख गराउन ‘जडिबुटी खेती विस्तारमा सहजीकरण सम्बन्धि अभिमुखिकरण तालिम संचालन गरिएको छ ।तालिममा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठका अनुसार यस वर्ष १लाख २४हजार बढी टिमुर लगायतका विरुवा व्यक्ती तथा समुह मार्फत विरुवा रोपण गर्ने कार्यालयको लक्ष्य रहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा १६ वटा सामुदायिक वनबाट १६ लाख बढीको खोटो संकलनबाट आम्दानी भएको बताउनुभयो ।यस वर्ष गत वर्ष भन्दा आगलागीका घटना कम भएकाले यो अभियान सफल पार्न सम्पुर्ण निकायलाई धन्यवाद समेत दिनुभएको छ ।
यस्तै कार्यक्रममा सहभागीहरूलाई जडिबुटी खेतीका प्रविधि, बजार सम्भाव्यता, गुणस्तर नियन्त्रण, र सहजीकरण रणनीतिका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
साथै, जडिबुटी खेतीलाई व्यवस्थित रूपमा विस्तार गर्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने उपायहरूमाथि पनि छलफल गरिएको श्रेष्ठले बताउनुभएको हो ।यस्तै किसानले कार्यक्रममा दिएका सुझावलाई आगामी कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।
जडिबुटी खेतीमा व्यवसायिक सम्भावना रहेको र यस किसिमका तालिमले कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बरिष्ठ वन अधिकृत उमेश शाहको भनाइ छ ।
कमेन्ट गर्नुहोस !