अर्घाखाँचीमा एक वर्षमा ६० जनाले आत्महत्या गरे

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा एक वर्षको अवधिमा आत्महत्या गर्नेको संख्यामा ६० पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा झुन्डिएका आत्महत्या गर्ने संख्या ५३ जना, विषादी सेवनबाट ६ जना , हामफालेर १ जना गरि ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसमा झुन्डिए हात्महत्या गर्ने पुरुषको संख्या २८ र महिलाको संख्या २५ गरि ५३ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए।यस्तै विष सेवनबाट ३ पुरुष ,२ महिला ,१ बालकको मृत्यु भएको छ,भने डुबेर हाम फालेर एक महिलाको मृत्यु भएको उहाँको भनाइ छ।
पछिल्लो ३ वर्षको विवरण अनुसार झुन्डिएका आत्महत्या गर्ने संख्या जिल्लामा १ सय ८० रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा ७३ छ ।यस्तै २०७८/७९ मा ५४ गत आर्थिक वर्षमा १ले घटेर ५३ पुगेको सुचना अधिकारी घिमिरेको भनाइ छ ।
बढ्दो सामाजिक संजालको प्रयोग, बैदेशिक रोजगारी, अनैतिक सम्बन्ध, घरायसी झैझगडा, बेरोजगारी, महँगी, आर्थिक अवस्थामा सुधार नआएको लगायत आत्महत्याका कारण रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close