राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको कांग्रेस लुम्बिनी सभापति पुनको भनाइ

सन्धिखर्क ।नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापति अमरसिंह पुनले राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्लाको दोस्रो जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।दुई प्रमुख पाटी कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि विकाश निर्माणमा टेवा पुगोस भनेर बनाएका संयन्त्रले केहि काम गर्न नसकेकाले आफुहरुको केन्द्रिय महामन्त्री गगन थापा पछिल्लो समय संयन्त्रको बैठकमा समेत जान छोडेको बताउनुभएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत यसमा कुनै ध्यान नदिदा प्रदेश सम्म असर पुगेको सभापति पुनको भनाइ छ ।
यस्तै उहाँले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा सफल बनाउनको लागि अहिले देखि वडा,पालिका र जिल्ला तहको संगठन बलियो बनाउनको लागि लाग्न आग्रह गर्नुभयो ।अब जनताले विकाश चाहेको छ सोहि बमोजिमका एजेण्डा लिएर बास्तवीक समस्याको पहिँचानमा लाग्न जरुरी रहेको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले नेकपा (एमाले) सँगको जिल्लास्तरीय राजनीतिक संयन्त्रबाट बाहिरिने चेतावनी दिनुभएको छ । मुख्यमन्त्रीकै गृह जिल्लामा समेत कांग्रेसलाई उपेक्षा गरिएको भन्दै उहाँले यस्तो बताउनुभएको हो।
हामीले पटक–पटक संयन्त्रको बैठक बोलाउन र संयुक्त रूपमा योजना छनोट गर्न आग्रह ग¥यौं, तर एमालेले सुनुवाइ नगरेको समेत बताउनुभएको छ । कार्यक्रममा केन्द्र ,प्रदेश जिल्ल्ला,पालिका वडा तहका नेता तथा कार्यकर्ताको सहभागी रहेको सम्मेलनमा पाटीको समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संगठनलाई सशक्त क्रियाशील बनाउने राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन समेत पेश गरिने छ ।
कमेन्ट गर्नुहोस !