लुम्बिनी प्रदेश सरकारले शुक्रवार भित्रै पूर्णता पाँउछःप्रवक्ता पाण्डे

लुम्बिनी।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए । उनले नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने जिकिर गरे । उनले काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भष्ट्रचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचे अनुसारको गति लिन नसकेको बताउदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले सहयोग गर्ने जानकारी दिए । चौधरीले नेकपा एमाले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएकोे दाबी गरे ।
नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्यवनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । क्षेत्रीेले गठबन्धनको सरकार जनताप्रति उत्तरदायी भएर सुशासनको पक्षमा काम गर्न सुझाव दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा।दिनेश त्रिपाठीले नक्कली शरणार्थीमा दोषी ठहरिएमा जो कोहीलार्ई पनि कारवाही दायरामा ल्याउनुपर्र्ने जोड दिए । उनले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारी कति भष्ट्र छ भन्ने उदाङ्गो पारेको जिकिर गरे । त्रिपाठीले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रम रिपोर्टर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !