शितगंगा र सिवराज सिमाबिबादका कारण लाखौ रुपैयाँ राजस्व तिरेका निर्माण ब्यबसाय संकटमा

सुर्य प्रसाद भुसाल,अर्घाखाँची ।
अर्घाखाँची जिल्ला को शितगङ्गा नगरपालिका र कपिलवस्तु जिल्ला को सिवराज नगरपालिका बिच सीमा विवाद भएपछि नदीजन्य पदार्थ निकासीमा समस्या देखिएको भन्दै कपिलवस्तु को तौलिहवामा बैठक सम्पन्न गरिएको । कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाबिच सीमाका कारण सुकबेल खोला चोरखोला बाट नदीजन्य पदार्थ निकासीमा समस्या देखिएपछि यो बिबाद प्रदेश सरकार सम्म पुगेको थियोे ।
उक्त विवाद समाधानका निम्ति दुवै जिल्लाका समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहित सरोकारवालाहरूको उपस्थितिमा आईतवार कपिलवस्तु समन्वय समितिका प्रमुखको कार्यकक्षमा छलफल समेत भएको भएपनि निकास निस्कन सकेन ।
उक्त बैठकमा सहभागी भई बिचमै असहमति जनाई पालिका फर्किएका शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले मध्यान्ह सग भने दुई जिल्ला का डिभिजन वन कार्यालयले सिमाना स्पष्ट नगरेकोले समस्या उत्पन्न भएको छ अर्घाखाँची लाई काम गर्न दिने सिवराजलाई नदिने खालको बनका कर्मचारी ले काम गरे मुख्यमन्त्री बाट समेत पक्षपात भएको छ । उनले शीतगंगा नगरपालिकाले सिमाना मिचेर ढुंगा गिटी निकाल्ने टेन्डर लगाएको र अहिले सिवराजलाई अनावश्यक दोस दिएको बताउदै कपिलवस्तु हुदै ढुङ्गा गिट्टी लैजान नदिने चेतावनी दिए ।
सुकबेल खोला शिवराज नगरपालिका को सम्पत्ति रहेको भन्दै उनले खोलामा शीतगंगाले ठेक्का लगाई कपिलवस्तुको बाटो हुँदै नदीजन्य पदार्थ निकासी गर्दा स्थानीयले विरोध जनाएपछि नगरपालिका ले रोक लगाएको तर अहिले मुख्यमन्त्री को दवावमा अर्घाखाँची ले जवरजस्ति गर्न खोजेको समेत उनले आरोप लगाए ।
कपिलवस्तु का सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने ले सुकबेल खोला र चोरखोलामा सीमा विवाद रहेको र यसको समधानका लागि कपिलवस्तु मा बैठक बसेर समधान का लागि पहल गरिएको बताउदै नदिजन्य पदार्थ निकासिमा कसैले अबरोध गर्न नमिल्ने बताए । लामिछाने ले भने सिमा बिबादको कुरा याहा टुंगोमा पुग्ने बिषय होइन सरकारले निर्णय गर्ला तर ठेक्का लगाई सकेको कुरालाई रोक्न सडकमा छेक्न पाउने कुरा हुदैन ।
शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले सुकबेल खोलामा आफ्नो पालिकाले ठेक्का लगाइसकेको ले निर्माण ब्यबसायिले ठेक्का बापतको कबोल रकम सरकारको खातामा दाखिला गरेको ले उनिहरु समेत समस्या मा परेको बताए । शितगङ्गा नगरपालिका का योजना अधिकृत सिमा का बारेमा अनुभव भएका नुमलाल खनालले भने परमपरा देखि नै हामिले ठेक्का लगाउँदै आएका थियौ बिबाद थिएन हाम्रो क्षेत्रमा ठेक्का लगाउन हामिले पाउनु पर्छ ’ उनले भने अहिले शिवराज नगरपालिकाले यस विषयमा निहुँ खोजि काम गर्न दिएको छैन ।
आईतवार दुईपालिका बिचमा देखिएको समस्या समाधानका लागि कपिलवस्तु को तौलिहवामा भएको उच्चस्तरीय बैठक मा शितगङ्गा नगरपालिका वाड नम्बर ९ का वडा अध्यक्ष भिम केसिले डिभिजन बन कार्यलय कपिलवस्तु बुद्ध भुमिले सितगङ्गा नगरपालिका स्थानीय सरकार सग न्यु खोजिरहेकोले अब अन्तिम लडाई लड्ने चेतावनी दिए । केसिले भने जस्ले सक्छ त्यसले गर्नेहो भने हामी कम छैनौं छाड्ने वाला छैनौं एउटा कर्मचारी ले त्यसैला कहिले अर्घाखाँची कहिले कपिलबस्तु भन्छ लाज पनि नलाग्ने भन्दै बन कर्मचारी लाई झपारेका थिए ।
बैठक सुरु हुन साथ वडा नम्बर ११ का अध्यक्ष नबराज भुसालले सितगङ्गा नगरपालिका को सम्पत्ति माथि कपिलवस्तु ले ज्याजति गरेको भन्दै कडा आलोचना गरे अबपनि बुद्ध भुमि बनका कर्मचारी ले दुई जिल्ला लडाउन खोजे राम्रो नहुने चेतावनी दिए ।
बैठकमा सहभागी अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईराला ले सिवराज नगरपालिका ले अनावश्यक बिबाद निकालेर अर्घाखाँची लाई दुख दिएको बताए ।
अर्घाखाँची का प्रमुख जिल्ला अधिकारि बेद प्रसाद खरेलले नियम कानुन अनुसार स्थानिय सरकार चल्नु पर्ने बताए ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले माथिल्लो क्षेत्रमा शितगंगाले ठेक्का लगाइरहेको, तर डिभिजन बन कार्यलय ले कपिलवस्तु लाई कुनै कुरामा समस्या नपारेको बताए । उनले भने मन्त्रालयले जुन निर्यण गर्छ हामी कार्यनयन गर्नु पर्छ ।
डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले सुकबेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका सवालमा वन कार्यालयमार्फत कुनै कार्य गर्ने क्षेत्राधिकार नभएको बताए ।
नक्सामा सुकबेल खोला कपिलवस्तुमा रहेको देखिए पनि हाल शितगंगाले ठेक्का लगाएको क्षेत्रमा समस्या देखिएको बताइएको डिभिजन बन कार्यलय कपिलवस्तु बुद्ध भुमिका डिभिजन प्रमुख राजु क्षेत्री ले दाबि गरे । बन मन्त्रि बन सचिव सग मुख्यमन्त्री चेतनारायण आचार्यले यश बिषयमा छलफल गरेपनि समस्या सुल्झाउन कठिन बनेपछि यो बिषय पेचिलो बन्दै छ ।
बैठकमा अर्घाखाँची प्रदेस सभा ( ख ) का प्रदेस सदस्य रामजि प्रसाद घिमिरे कपिलवस्तु प्रदेस सदस्य पुर्व बन मन्त्री अर्जुन केसि जिल्ला समन्वय प्रमुख कपिलवस्तुका बाबुराम आचार्य, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शिवराज नगर प्रमुख अजय थापा, शीतगंगा नगर प्रमुख छविलाल पौडेल, शीतगंगा उपप्रमुख गीता भाट, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल , शीतगंगा ,योजना अधिकृत नुमलाल खनाल अर्घाखाँचीका डिभिजन वन प्रमुख मोहन श्रेष्ठ, कपिलवस्तु डिभिजन बन प्रमुख ईश्वरी पौडेल बुद्ध भुमि डिभिजन बन प्रमुख राजु क्षेत्री सिवराज नगरपालिका का पुर्व मेयर नेत्र अधिकारि अर्घाखाँची शितगङ्गा नगरपालिका प्रवक्ता दामोदर न्यौपाने वडा नम्बर ८ का अध्यक्ष भिम केसि ११ का अध्यक्ष नबराज भुसाल १२ का अध्यक्ष चोपबहादुर घम कपिलवस्तु का वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियोे ।
कमेन्ट गर्नुहोस !