१२ कक्षा को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिनुभएको छ।बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनुभएको हो ।
यसअघि परीक्षा बोर्डले पर्सि ११ गतेदेखि परीक्षा शुरु गर्ने तयारी गरेको थियो । सबै संयन्त्र प्रयोग गरेर परीक्षा गराउने तयारी भए पनि प्रधानमन्त्रीको निर्देशनपछि बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी भएको हो ।
कमेन्ट गर्नुहोस !