अर्घाखाँचीमा २८ जनामा कोरोना संक्रमण पुष्टि,३१ जना कोरोना मुक्त

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १६ जना,शितगंगा नगरपालिकामा ९ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सहित सक्रिय कोरोना संक्रमितको संख्या २सय ५ पुगेको छ ।
जसमध्ये सन्धिखर्क नगरपालिकामा ९४ जना,भुमिकास्थान नगरपालिकामा ११ जना,शितगंगा नगरपालिकामा ४९ जना,मालारानी गाउँपालिकामा १० जना ,पाणिनी गाउँपालिकामा ३३ जना र छत्रदेव गाउँपालिकामा ८ जना गरि २सय ५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १३ जना,भुमिकास्थान नगरपालिकामा ३ जना ,शितगंगामा १३ जना र पाणिनी गाउँपालिकामा २ जना गरि ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।
कमेन्ट गर्नुहोस !