अर्घाखाँचीमा कैदीबन्दीहरुलाइ २महिने ढाका कपडा बुनाइ तालिम प्रदान

सागर महत वैशाख ०६,अर्घाखाँची ।
अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन ढाका कपडा बुनाई सीप विकास तालिम सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले कुनै पनि मानिसले कुनै प्रकारका सिप सिक्नु भनेको ज्ञान बढ्नु, सिप बढ्नु स्वरोजगार बन्नु व्यक्ति विशेष मात्र नभई राज्यका लागि समेत फाइदाजनक हुने बताउनुभयो।सिकेको सिपलाई आम्दानीमा परिणत गर्न आग्रह गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय र अर्घाखाँची कारागारको संयुक्त आयोजनामा कैदीबन्दीलाई २ महिने तालिम संचालन गरिएको घरेलु तथा साना उधोग कार्यालयकि कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।सिप सिकेरे सिपलाई व्यवसायीक रूपमा प्रयोग गरी अगाडी बढाउन सकिने भएकाले तालिम महत्वपुर्ण भएको उहाँको भनाइ छ ।


अर्घाखाँची कारागारमा अहिले ८६जना कैदी बन्दी रहेका छ्न।सल, दोसल्ला, थान कपडा, टोपी कपडा र रुमाल बुनाइ सिप सिकाइएको कारागारकी प्रशासकिय अधिकृत पोमकला भण्डारीको भनाइ छ ।

तालिममा सहभागी सालिकराम पौडे्लले सिकेको सिपलाई सदुपयोग गर्ने आगामी दिनमा थप कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
लक्ष्मी श्रेष्ठ प्रशिक्षकको भुमिकामा रहेको कार्यक्रम घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुम बहादुर बिकको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close