भोलीदेखि संचालन हुने एसईई परिक्षामा अर्घाखाँचीमा ३२ सय बढी विद्यार्थी सहभागी हुँदै

सागर महत,सन्धिखर्क ।भोलीबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको तयारी अर्घाखाँचीमा पनि पुरा भएको छ ।सामुदायीक ७६ र संस्थागत ८ गरि ८४ बिद्यालयका ३ हजार २ सय ८० जना विद्यार्थी एसईई परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।
यस वर्ष १६ वटा परिक्षा केन्द्रबाट २ हजार ४ सय ८० नियमित, २०८० सालका ७ सय ८२ र ०७८। ०७९ का १८ गरि जम्मा ८ सय ग्रेडबृद्धि गरि जम्मा ३ हजार २ सय ८० जना विद्यार्थीले एसईई दिने भएका हुन । जसमा छात्रा १ हजार ६ सय २० र छात्र १ हजार ६ सय ६० रहेका छन ।
परिक्षा संचालनका लागि केन्द्र अध्यक्ष १६ जना , निरिक्षक १सय१२ जना ,सहायक केन्द्र अध्यक्ष २३ जना, सहयोगी ७० जना र सुरक्षाक्रमी ४सय ९५ जना खटिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख बेल्बासेले बताउनुभयो । उत्तर पुस्तिका सबै परिक्षा केन्द्रहरुमा पुगी सकेको समेत उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !