यस वर्षको एसइईमा ५लाख १० हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ । यस वर्षको एसइई मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
एसइई चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ ।
कमेन्ट गर्नुहोस !