बुटवलमा जिप दुर्घटना हुँदा प्युठानका एक युवाको मृत्यु,दुई घाइते

बुटवल।बुटवलमा जिप अनियन्त्रीत भई पल्टिदा एक जनाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउपालिका वडा नं १ का २८ बर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ज ६३६७ नम्वरको बलेरो पिकअप जिप अनियन्त्रीत भई बुटवल स्थीत अस्पताललाईन जिप पल्टिदा गिरीको मृत्यु भएको हो ।

त्यसैगरी उक्त घटनामा परि सोही स्थानका २९ बर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सुरेशको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिव्र गतिमा रहेको जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर बिपरित दिशामा पुगेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close