सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलले वार्षिकोत्सव मनायो,शैक्षिक गुणस्तर कायम राख्न इकाई प्रमुख बेल्बासेको आग्रह

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्रावेशीमा रहेको सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलले १९ औं वार्षिकोत्सव अभिभावक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद बेल्बासेले विद्यार्थी संख्या राम्रो रहेको स्कुलमा बदलीदो परिवेश अनुसारको शिक्षा प्रदान गर्न आग्रह गर्नुभएको छ ।


विशेष गरी संस्कार नैतिक विषयको आवश्यकता,विद्यार्थीको चाहाना आवश्यकता भनेको कुरा भन्दा देखेका विषयबस्तुको व्याख्या अहिले शैक्षिक सुधारको मुल आधार रहेको बताउनुभएको छ ।यस्तै शिक्षकले पढाएरमात्र शिक्षाको गुणस्तर सुधार नहुने भएकाले सोहि अनुसार अभिभावकले पनि आफ्ना बालबालिकाको शिक्षामा फरकपन ल्याउन जिम्मेवारीपन देखाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै सन्धिखर्क नगरपालिका शिक्षा शाखा अधिकृत मन्जु आचार्यले ११सय बढी विद्यार्थी रहेको विद्यालयले नाम अनुसारको नतिजा ल्याउन सफल भएको भन्दै आगामी दिनमा पनि सोहि अनुसारका कार्ययोजना बढाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका पिन्सीपल टेकबहादुर थापाले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे,शिक्षक अभिभावक संघका कमलप्रसाद घिमिरे,अर्घाखाँची आवशिय मा.वि . का पिन्सीपल चोपनारायण बन्जाडे,पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता शिक्षक विशाल खनालको स्वागत मन्तव्य सहायक पिन्सीपल नारायण प्रसाद भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

पुरस्कार वितरण नृत्य पस्तुत लगायतका कार्यक्रम पनि गरिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close