अर्घाखाँचीको डेभामा निःशुल्क आँखा शिविर सम्पन्नः ३ सय १ जनाले लिए सेवाः ३३ जनामा मोतिविन्दु पुष्टी

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
अर्घाखाँचीको भूमिकास्थान–९,डेभामा शनिवार निःशुल्क आँखा शिविर सम्पन्नगरिएको छ । भूमिकास्थान नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्थानीय ३ सय १ जनाको आँखा निःशुल्क परिक्षण गरिएको भूमिकास्थानको स्वास्थ्य शाखा प्रमुख सुरेश प्रसाद गैरेले जानकारी दिनुभएको छ ।
भूमिकास्थानको वडा नम्बर ९ स्थित भगवती मा।वि।डेभामा आयोजित शिविरमा आँखा परीक्षण गराउने मध्ये ३३ जनामा मोतिविन्दु देखिएको र उनीहरूको फागुन २५ गते नगरस्तरिय आधारभुत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको भूमिकास्थान नगरप्रमुख झविलाल थापाको भनाई छ ।


फागुन १७ गते शनिबार डेभा र फागुन २१ गते बुधबार ढाकावाङ्ग स्वास्थ्यचौकी भूमिकास्थान–मा हुने निःशुल्क आँखा परिक्षण शिविर भूमिकास्थानको आयोजना र आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा सम्पन्न गरिने र फागुन २५ गते आइतबार रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समेत समन्वयमा मोतिविन्दु देखिएकाहरुलाई निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख गैरेले बताउनुभएको छ ।स्वास्थ्य शाखा प्रमुख गैरेका अनुसार शनिबार डेभामा सम्पन्न शिविरमा १ सय ९८ जना महिला र १ सय ३ जना पुरुष गरि जम्मा ३ सय १ जनाको आँखा परिक्षण भएको छ । जसमध्ये १ सय ५७ जनालाई चश्माको साथै आवश्यकता अनुसारको औषधि सबै निःशुल्क रुपमा बितरण गरिएको छ ।


शिविरको उद्घाटन शत्रमा नगरप्रमुख झविलाल थापा, भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदाली, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा र आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बोल्नुभएको थियो ।कार्यक्रममा बोल्दै उहाँहरुले ग्रामिण तहमा उपचारको पहुँचमा नभएकाहरुलाई सेवा दिने उदेश्यले शिविर संचालन गरिएको बताउनुभएको छ ।

शिविरमा आँखा अस्पताल अर्घाखाँचीको टोली, भगवती मा।वि।डेभाका कृष्ण प्रसाद खनाल, सामुदायिक स्वास्थ्य इकाई डेभाको टोली र अस्थायी प्रहरीचौकी धनचौरको टोलीले सक्रिय सहयोग सहयोग पुर्याएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close