आगलागीका घटना न्यूनीकरण गर्न अर्घाखाँची प्रहरीले अभियान संचालन गर्येःडिएसपी मल्ल

सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आगलागीका घटना न्यूनीकरण गर्नको लागि जंगलको बस्ती नजिकै रहेका घरहरूमा रहका जलनशील बस्तुको हटाउने र सरसफाइ अभियान संचालन गरेको छ।
शितगंगा नगरपालिका वडा नम्बर १३मा भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम र आवाज विहीन नागरिक सँग सचेतना कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले बताउनुभएको छ।
यो अभियान जिल्लाका करिव २५स्थानमा संचालन गरिएको बताउनुभयो।आगलागीका घटना रोकथाम गर्नको लागि आम नागरिक पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।समुदाय स्तरमा शान्ती सुरक्षाको अवस्था बुझनको लागि प्रहरीले समुदाय प्रहरी कार्यक्रम जिल्ला भरमा संचालन गरिरहेको प्रहरी नायब उपरिक्षक मल्लको भनाइ छ ।यस्तै सिमलपानी प्रहरी चौकीको भवन जिर्ण भएकाले सेवा प्रवाहमा समस्या छ यसको समधान गर्नको लागि आफ्नो तर्फबाट हुने सहयोगको कमी नहुने बताउनुभयो ।
सिमलपानीका स्थानीयले आफूहरू जगंली जनावर बाघ ,भालु र बँदेलले आफूहरूको बस्ती नै खाली हुन लागेको बताएका छ्न।भौगोलिक हिसाबले आफुहरु सदरमुकाम भन्दा धेरै टाडा भएकाले नागरिकता बनाउनको लागि ३दिन सम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा जान बाध्य भएको बताएका छ्न।एक दिनमा हुने काम वडा कार्यालयको सिफारीस लैजादा समेत विभिन्न बाहना बनाउँदै नागरिकता बनाउन धेरै समय खर्चिन परेको उनीहरुको बनाइ छ ।
यस्तै इलाका प्रशासन कार्यालयको माग समेत गरेका पछिल्लो समय यश ठाउँको अनावश्यक जग्गा खरिद गरी ठाँउ ओगटनेको संख्या बढेको वडा अध्यक्ष दुर्गा बहादुर बिसीले जानकारी दिनुभयो ।विशेष गरी काठमाण्डौ सम्मबाट आएर जग्गा खरिद गर्ने र व्यवसाय संचालन गरेको छु भनेर लोन लिने तर व्यवसाय संचालन नगर्ने जस्ता क्रियाकलाप भएका छन ।यसले गर्दा बसाइसराई बढ्दै गएको बताउनुभयो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्यले वडा तहबाट हुने सेवा प्रवाह नागरिक मैत्री हुन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लको प्रमुख आतिथ्यता शितगंगा १३ का वडा अध्यक्ष दुर्गा बहादुर बिसीको अध्यक्षता इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक रविन्द्र चन्दको अपराध नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुती र चेतन विष्टको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !