पाणिनिमा भजन प्रतियोगिता हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रहेको लायन्स क्लबको आयोजनामा फागुन १४ गते महाशिवरात्रीको दिन खुल्ला भजन प्रतियोगितामा हुने भएको छ ।पछिल्लो समय लोप हुँदै गएको भजनको संमरक्षण गर्नको लागि र दुर्वावेश्वर गुफाको प्रचारप्रसार गर्नको लागि भजन प्रतियोगिता गर्न लागिएको लायन्स क्लब पाणिनीका अध्यक्ष अर्जुन पोख्रेलले पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्धितिय, तृतिय र सान्त्वनाले क्रमश ३३हजार३सय३३ रुपँया,२२हजार२सय२२ रुपँया ११हजार१सय११ रुपँया र ५हजार५सय ५५ पुरस्कार र प्रमाणपत्रले सम्मान गरिने लायन्स क्लब पाणिनीका अध्यक्ष पोख्रेलले भनाइ छ ।प्रतियोगितामा दर्ता शुल्क १हजार मात्र लाग्ने सचिव घनश्याम पौड्ले बताउनुभयो ।
सम्मेलनमा पाणिनि गाउँपालिका पुर्व अध्यक्ष अच्युत गौतम,पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल सचिव लक्ष्मण घिमिरे लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !