गुल्मी रिडीदेखि अर्घाखाँचीको बल्कोट सडकखण्ड करिब १ महिना बन्द हुने

अर्घाखाँची। गुल्मीको रिडीदेखि अर्घाखाँचीको बल्कोट सडकखण्ड माघ २५ देखि फागुन २० सम्म करिब १ महिना पूर्ण रूपमा बन्द रहने भएको छ ।

सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि यही माघ २५ देखि फागुन २० सम्म सडक बन्द गर्न लागिएको मदन भण्डारी राजमार्ग, योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

उक्त समय अवधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहजीकरण गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close