अर्घाखाँचीको भूमिकास्थान—रुपन्देही समाजको आयोजनामा १सय७ युनिट रगत संकलन

 

टेकराज भुसाल,बुटवल । अर्घाखाँची भूमिकास्थान(रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।बुटवल बेलवासमा रहेको अर्घाखाँची पाटी प्यालेसमा भएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका थिए।


रक्तदान कार्यक्रमको शुभारम्भ बुटवल १३ का कार्यवाहक वडाध्यक्ष लालबहादुर गुरुङले गर्नुभएको थियोे।
त्यस अवसरमा गुरुङले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गर्दै सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गर्नुभयो।

समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले निरन्तरता दिने बताउनुभयो । उहाँले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close