कांग्रेस मालारानी गाउँपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु,संगठनलाइ चलाएमान गर्ने लक्ष्य

सन्धिखर्क ।नेपाली कांग्रेस मालारानी गाउँपालिकाको आयोजनामा आज प्रशिक्षण कार्यक्रम गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।प्रशिक्षण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश नेपाली कांग्रेस सभापति अमर सिंह पुनले यो अभियानले संगठन सुधारमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।कांग्रसको जंग बलियो बनाउन तल्लो तह सम्मको संगठनलाई मजबुत बनाएर र्लैजान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री विष्णु खनाल (मुस्कान)अर्घाखाँची सभापति केशव श्रेष्ठ,प्रदेस सदस्य शान्ता भण्डारी जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल प्रमुख प्रशिक्षक प्राध्यापक डाक्टर कुसुमा कुमार न्यौपाने, प्रशिक्षक छन्दबहादुर पहराइ ,सचिव कृष्णप्रसाद खनाल ,कोषाध्यक्ष बिष्णु क्षेत्री ,सहसचिव कमल पौडेल महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी प्रदेस सभा (क) सभापति राजेस पन्थि ।छत्रदेव सभापति प्रकाश राज पन्थि लगायत जिल्ला स्तरिय ,प्रदेश स्तरिय, पालिका स्तरिय, नेताहरु अगुवा ,कार्यकर्ता हरुको सहभागीता रहेको थियो।
कार्यक्रम नेपाली कांग्रेस मालारानी सभापति सोभाखर खनालको अध्यक्षतामा सुरु भएको हो ।
कमेन्ट गर्नुहोस !