अर्घाखाँची महोत्सवमा आयोजना गरिएको टिकटक प्रतियोगिताको नतिजा सार्वजनिक

सन्धिखर्क ।सन्धिखर्कमा पुष २९ गतेदेखि माघ १२ गते सम्म संचालित छैठौ अर्घाखाँची महोत्सवमा आयोजना गरिएको टिकटक प्रतियोगिताको नतिजा सार्वजननिक गरिएको छ ।
प्रतियोगितामा सुमन सापकोटा प्रथम भएका छन ।यस्तै दृतिय सरु भुसाल र तृतिय पुरस्कार केशव मुखियाले प्राप्त गरेका छन ।पुरस्कार क्रमश प्रथम ५हजार ५सय ५५ दृतिय ३हजार ५सय५५ तृतिय २हजार५सय ५५ पुरस्कार रहेको थियो ।
आज एक कार्यक्रमका बिच उद्योग वाणिज्य संघअर्घाखाँची सचिव सन्तोष बस्नेत लगायतको सहभागीतामा नगद सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।प्रतियोगिताको संयोजकमा लक्ष्मण घिमिरेलाई तोकिएको थियो ।
प्रतियोगितामा जो व्यक्तीले टिकटकमा सहभागी हुने हो त्यहि व्यक्तीले मेलाको दृश्य आफुदेखिने गरी टिकटक राखेका थिए र सोहि अनुसार जसको भिउज बढी आयो त्यहि अनुसारको रिजल्ड आएको हो ।प्रतियोगितामा सहभागी हुन २सय ५० रुपँयाको टिकट रहेको थियो ।
कमेन्ट गर्नुहोस !